मेरा शैक्षिक र राजनीतिक गुरु महरा सरसँग कुनै द्वन्द्व छैन : पुन

दाङ, कात्तिक २२ । नेकपा माओवादी केन्द्रका प्रभावशाली दुई नेताले आफूहरुबीच कुनै किसिमको द्वन्द्व नभएको प्रष्ट पारेका छन ।

केही सञ्चारमाध्यमले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र वर्षमान पुनबीच पछिल्लो समयमा द्वन्द्व चर्किएको खबरहरु प्रकाशन प्रचारण गरेपछि दुबै नेताले त्यसको खण्डन गरेका छन् ।

नेता महराले यो बामपन्थीहरुको मेलमिलाप देख्न नसक्नेहरुले फैलाएको हल्ला भएको टिप्पणी । ‘केही मिडियाले वर्षमान जी र म बीच अन्तरद्धन्द्ध भएको प्रचारबाजी गरेका छन् तर त्यो अत्यन्त कपोकल्पित र भ्रमात्मक हो’, महराले भने, ‘अझ यसो भनौं कि पार्टीभित्रको आपसी मेलमिलाप तथा समग्र बामपन्थी मिलेर बसेको देख्न नचाहानेहरुको हल्ला मात्रै हो ।’

केही मिडियाहरुले वर्षमानसँगको द्धन्द्धका कारण रोल्पा छोडेर महरा दाङबाट चुनाव लड्न लागेको प्रचार गरिरहेका छन । दाङ क्षेत्र नं. २ बाट वाम गठबन्धनको सहमतिमा आफूले उम्मेदवारी दिएको महराले बताए ।

पुर्खेउली घर रोल्पा भए पनि आफू एक प्रकारले दाङवासी पनि भएको बताउदै नेता महराले यो पटकको प्रतिनिधि सभाका लागि आफू दाङलाई केन्द्रविन्दु बनाएर राजनीति गरिरहेको र सोही अनुसार दाङबाट उम्मेदवारी दिएको दावी गरे ।

दाङको विकासको सन्दर्भलाई जोड्दै उनले दाङलाइ केन्द्रविन्दु बनाएर दाङदेखि ढोरपाटन र दाङदेखि रारा जोडेर पर्यटनको माध्यामबाट पाँच नम्बर प्रदेशलाई समृद्ध बनाउने आफ्नो मुख्य कार्यभार भएको बताए ।

त्यसैगरी, नेता वर्षमान पुनले पनि आफ्ना गुरु र सहकर्मी महरासंग आफ्नो कुनै किसिमको द्वन्द्व नरहेको बताएका छन । पुनले आफू र महरालाई जोडेर आएका सबै समाचारहरु कपोकल्पित र भ्रामक भएको बताए । पुनले भने, ‘नेता महरा मेरा शैक्षिक र राजनीतिक गुरु हुनुहुन्सछ । उहाँसँग मेराे कुनैपनि किसिमकाे द्वन्द्व छैन ।केही मिडियाहरुले मिलेर बसेका नेताहरुबीच द्वन्द्व गराउने षड्यान्त्र गरेका छन। त्यस्ता भ्रममा नलाग्न सबैलाई अनुरोध गर्रेदछु ।’

केही अनलाइनले मंगलबार महरा रोल्पाको प्राविधिक शिक्षालय उद्घाटन गर्न गएको तर सो कार्यक्रम गृहजिल्लामै रहेका पुन दुई नेताबीचको पछिल्लो समय बढेको द्वन्द्वका कारण उपस्थित नभएको दावी गरेका थिए । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!