दुई युक्रेनी पक्राउ नागरिक पक्राउ

काठमाडौं, कात्तिक २२ । प्रहरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट चरेससहित दुईजना युक्रेनी नागरिक पक्राउ गरेको छ ।

अनसुन्धान विभागको प्रहरी टोलीले जेट एयर वेजको ६५२ नं को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका दुई जना युक्रेनी नागरिकलाई बुधबार पक्राउ गरेको हो ।

४२ वर्षीय वलिकसिल लोलेनकोको सुटकेश चेकजाँच गर्ने क्रममा स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको दुई किलो लागु औषध चरेश फेला परेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!