अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

बेइजिङ, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेको छ । उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेको जनाएको छ ।

चीनको राजकीय भ्रमणका क्रममा उनी आज बुधबार दक्षिण कोरियाबाट चीन पुगेको हो । एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेको थियो ।

गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा आएको हो ।

दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति भएको हो ।

उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!