अस्पतालका अधिकृत एकलाख घुससहित पक्राउ

रौतहट, कात्तिक २१ । रौतहट जिल्ला अस्पतालमा कार्यरत प्रशासकिय अधिकृत प्रविणकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली एक लाख घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिदाँलिदै रङेहात मंगलबार पक्राउ गरेको हो ।

झालाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!