१० वर्षभित्र विकसित र समृध्द नेपाल निर्माण गर्ने वाम लक्ष्य : भुसाल

शाक्यको संयोजकत्वमा ११११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

ललितपुर, कात्तिक २१ । चुनाबी गतिविधिले व्यापकता पाइरहेको समयमा प्रचार अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरको क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेश सभा ३ (ख) मा बाम गठबन्धनले मंगलबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन ।

नेकपा माओवादी केन्द्र सम्मेलन आयोजक समिति सदस्य तथा प्रदेश ३ (ख) संयोजक क. मन्जली शाक्य (आस्था) को सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र ललितपुर जिल्ला ईन्चार्ज क. हरि दाहाल ‘ललित’, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्याञ्जनकारले सम्बोधन गरेको थिए ।

भेलालाई सम्बोधन गर्दै ब्याञ्जनकारले बामगठबन्धनको पक्षमा एकमत पनि बदर नहुने गरि निर्वाचनलाई पर्वको रुपमा लिन अनुरोध गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार पम्फा भुसालले समाबेसी लोकतन्त्र बामपन्थीहरुको मुद्धा भएको र नेपालका हरेक परिबर्तनहरुमा बामपन्थीहरुले नै नेतृत्वदायी भूमिमा निर्बाह गरेको बताइन ।

वाम तालमेल केवल चुनाबसम्म मात्र नभएर बृहत कम्युनिष्ठ पार्टी निर्माणमा नेता र कार्यकर्ताहरुलाई तयार बनाउने अभियान रहेको बताइन । उनले भनिन्, ‘ आगामी चुनाबबाट बामपन्थीहरुको सहज दुई तिहाई आउने र यसले वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै स्वाधिन राष्ट्र र मजबुत राष्ट्रिय एकता पैदा गर्ने छ।’

च्याउ जस्तै उम्रने पार्टीहरु अब २ वा ३ वटा मात्र रहन ब्याध्य हुने र बामगठबन्धन यसैका लागि भएको भुसालले बताइन । ललितपुर जिल्ला सधैको बामपन्थी लालकिल्ला रहेको र ईतिहासले आज हामीलाई त्यो साबित गर्ने मौका दिएको बताउदै दुईतिहाई मतका साथ सबै उम्मेदवारहरुलाई बिजयी गराउन अपिल गरिन ।

निर्वाचनले पार्टी एकताको बलियो आधार निर्माण गर्ने र निर्वाचनमार्फत बाम्पन्थीहरुको स्थिर र बलियो सरकार बन्ने र १० वर्षभित्र बिकसित र समृध्द नेपाल निर्माण गर्ने लक्ष्य लिएको माओवादी प्रबक्ता भुसालले बताइन ।

भेलाले नेकपा माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार मन्जली शाक्य संयोजक र एमालेका राजेन्द्र श्रेष्ठ सहसंयोजक रहेको ११११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!