कर्मचारीको मताधिकार सुरक्षीत गर्न सकेसम्म प्रयास गर्छौ : यादव

काठमाडौं, कात्तिक २१ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा कर्मचारीलाई सकेसम्म मताधिकार दिनेबारे अध्ययन शुरु भएको बताएका छन् ।

सोमबार सर्वोच्चले चुनाबमा खटिने कर्मचारी र सुरक्षामकर्मीको मताधिकारको बारेमा निर्वाचन आयोगले विचार गरोस भनेको थियो । सर्वोच्चको उक्त आदेशपछि प्रमुख आयुक्त यादबले १÷२ दिनभित्र यसविषयमा आयोग टुंगो पुग्ने जानकारी दिए ।

धुलिखेलमा १७ जिल्लाका मतदान तथा मतगणना अधिकृत प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगले त्यसबारे अध्ययन थालेको बताए । ‘ट्रेड युनियनकर्मीले ध्यानाकर्षण गराएका छन्, सम्मानित अदालतले त्यसबारेमा सोच्न आदेश दिएको छ,’ उनले भने, ‘समय थोरै छ, हामी अदालतको पनि सम्मान हुने गरी सकेसम्म प्रयास गर्छौँ ।’

उनले राजनीतिमा प्रत्यक्ष देखिएका कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै कर्मचारीको खटनपटन बस्तुगत र निष्पक्ष हुनुपर्ने बताए । जनताको मत सुरक्षित राख्नु सबैको दायित्व भएको भन्दै उनले तारबार नै लगाउनुपर्ने स्थिती आउन नहुने धारणा राखे ।

उनले आचारसंहिता विपरित कसैले पर्चा, पम्प्लेट आदी प्रचार सामाग्री टांगेको भए हटाउन स्थानीय तह र प्रशासनलाई निर्देशन दिए ।

आयोगका प्रवक्ता नवराज ढकालले तीनवटा मतपत्र छाप्नुपर्ने भएपनि कार्यतालिका पुनरावलोकन भइसकेकोले निर्धारित समयम नै निर्वाचन गर्न कुनै समस्या नभएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!