सुनको भाउ फेरि बढ्यो

काठमाडौं, कात्तिक २१ । आज मंगलबार बजारमा फेरि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुन तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो ।

यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्