दुई युवतीको उद्धार

कपिलवस्तु, कात्तिक २१ । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए ।

केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।

कमेन्ट गर्नुहोस्