‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१ । गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत ‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जितेन लेप्छको शब्द र संगीत रहेको छ।

यसै गरि गीतमा बोबी राजको एरेन्ज रहेको छ भने भिडियोमा भिम्फेदी, सम्पदा बनिया, रेबोन लामाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने दीपक मोक्षको सम्पादन रहेको भिडियोमा धर्म बज्र लामाको निर्देशन रहेको छ ।

तलको म्यूजिक भिडियोमा क्लिक गरी हेर्न सक्नुहुने छ–

कमेन्ट गर्नुहोस्