बेलौरीका कांग्रेस नेताहरु माअाेवादी नेतृ बिना जिताअाैं अभियानमा सक्रिय

बेलौरी, २० कात्तिक । दक्षिणी क्षेत्रको तीब्र विकासका लागि विना मगरलाई जिताउने अभियानमा सहभागी हुन भन्दै बेलौरी नगरपालिकाको १ नम्बर वडाका कांग्रेसका क्रियाशील कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

वाम गठबन्धनबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार विना मगरले कांग्रेस कार्यकर्तालाई टिका लगाएर माओवादी केन्द्रमा स्वागत गरेकी छन् । बेलौरीको १ नम्बर वडाका क्रियाशील सदस्य परसबहादुर खड्का, ललितबहादुर थापा, गम्भीरसिंह विष्ट, राजबहादुर जिसी, कटकबहादुर जिसी र रामबहादुर जिसी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

विगतमा कांग्रेसबाट जितेर सांसद भएका दिवानसिंह विष्टले दक्षिणी क्षेत्रको विकासका लागि उल्लेख्य काम गर्न नसकेको र माओवादी केन्द्रकी उम्मेदवार विना मगरले नै विकास गर्न सक्ने देखेर माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रमा प्रवेश गरेका राजबहादुर जिसीले बताए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार विना मगरले कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासका लागि आफू विगतमा पनि सक्रिय रहेको र आगामी चुुनावबाट उल्लेख जनमत प्राप्त गरी प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

‘अहिले हामी वाम गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छौं,’ उम्मेदवार विना मगरले भनिन्, ‘वर्षौदेखि विकास पाउन नसकेको कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासका लागि संयुक्त योजना र खाका बनाइरहेका छौं ।’

कमेन्ट गर्नुहोस्