श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

महोत्तरी, कात्तिक २० । महा्त्तरी जिल्लाको क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् ।

लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेकी थिइन । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उन पराजित हुनु भएको थियो ।

कमेन्ट गर्नुहोस्