साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं, कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो ।

असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा थिए ।

दुर्घटनाको कारण भने नखुलेको बताइएको छ । दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन् ।

सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!