शिक्षा ऐन संसोधन विरुद्ध तदर्थ विद्यार्थी संघर्ष समिति गठन

काठमाडौंं, कात्तिक २०। केन्द्रिय क्याम्पस किर्तिपुर शिक्षा संकायका विद्यार्थीहरुले शिक्षा ऐन २०२८ को नवौँ संसोधन खारेजीको माग गर्दै तदर्थ विद्यार्थी संघर्ष समिति गठन गरेका छन् ।

आईतवार केन्द्रिय विभागमै बसेको बैठकले नवौं संशोधन खारेजीका लागि भन्दै पुष्कर शर्माको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिले अन्तरक्रियात्मक कार्यक्रम गरि तत्काल संसोधन फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । अन्यथा सडक संघर्षदेखि अदालतसम्म जान बाध्य हुने चेतावनी दिईएको छ ।

सरकारले आफुहरुका माग वेवास्ता गरे थप संघर्षका कार्यक्रम घोषणा गरि अगाडी बढ्न बाध्य हुने संघर्ष समितिका सहसंयोजक सञ्जय कार्कीले चेतावनी दिए

संसोधित ऐनले स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने व्यवस्था गरेको छ ।

कार्यक्रममा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाको संसोधित ऐनको यो प्रावधानलाई आफुले ठाडै अस्विकार गरेको बताए ।

कोईरालाले नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ, एमालेका गंगालाल तुलाधर, माओवादी केन्द्रका धनिराम पौडेल शिक्षा ऐन नवौँ संसोधनको पक्षमा खुृलेरै लागेको आरोप पनि लगाए ।

यो बिषयमा कानुनविदहरुसंग छलफल गरि प्रत्येक बर्ष शिक्षक सेवा आयोगले विज्ञापन गर्दा शिक्षा विभाग, शिक्षा मन्त्रालय लगायत सरोकारवालाहरुसंग छलफल गरिनुपर्नेमा जोड दिए ।

 

अन्तरक्रिया काय्र्रक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र विद्यार्थीहरु संगठनले नवौं संशोधन खारेजीको लागि साथ दिने प्रतिवद्धता व्यक्र गरेका छन् ।
कार्यक्रमअघि बिद्यार्थीहरुले शिक्षा ऐन संसोधनका विरुद्ध प्लेकार्ड रहित र्याली निकालेका थिए ।

बिद्यार्थी नेताहरुले शिक्षा ऐन संसोधन भएको असोज ३ गतेलाई कालो दिनको संज्ञा दिएका छन् । संसोधित शिक्षा ऐनले ७ लाख युवा र ७० हजार वालवालीकामाथी खेलवाड भएको उनीहरुको दावी छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!