यसरी परे उपेन्द्रकान्त अर्याल र राजेन्द्र क्षत्री अख्तियारको

काठमाडौं, कात्तिक २० । गैरकानुनीरुपले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पुर्वप्रमुख आईजीपी उपेन्द्रकान्त आर्यालमाथि छानविन थालेको छ ।

पुर्वआईजीपी अर्याललाई आईतबार अख्तियारको मुख्यालय टंगालमा बोलाएर सम्पत्ति विवरण भराउँदै अख्तियारले छानविन थालेको हो ।

हामीले उहाँलाई अकुत सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति विवरण भर्न लगाएको हौं ।

अकुत सम्पत्ति आर्जन गरेको शंका लाग्ने किसिमका केही प्रमाण भेटिएकाले बोलोएका हौं अख्तियार एक उच्च अधिकारीले भने हामी अहिले छानविनको प्रारम्भिक चरणमा छौं ।, नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!