नयाँ शक्तिमा अर्को पहिरो, परिषद् सदस्य राजेन्द्रसहित दुई दर्जन बढी नेता माओवादीमा प्रवेश

लमजुङ, कात्तिक १९ । नयाँ शक्ति नेपाल पार्टीका प्रवास प्रादेशिक परिषद् सदस्य एवम् दलित शक्ति नेपाल केन्द्रीय परिषद् सदस्य राजेन्द्र श्रीमल लगायत दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

त्यसैगरी, नयाँ शक्ति पार्टी नेपाल लमजुङका जिल्ला सहसंयोजक नारायणप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

स्थिर सरकार र मुलुकमा स्थायित्वको लागि कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने धारणाका साथ नयाँ शक्ति पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको पौडेलले बताए । संविधान कार्यान्वयन र मुलुकको विकासका लागि सम्पूर्ण वाम शक्ति एक ठाउँमा उभिनुपर्ने उनको दावी छ ।

नव प्रवेशी नेता तथा कार्यकर्तालार्ई माओवादी केन्द्रका सचिवालय सदस्य एवम् लमजुङका प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आइतबार टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

कमेन्ट गर्नुहोस्