बाबुरामलाई अर्को झड्का, समानुपातिक उम्मेदवारसहित दुई दर्जन नेता एमाले प्रवेश

डोटी, कात्तिक १९ । नयाँ शक्ति पार्टी नेपाल डोटीका समानुपातिक उम्मेदवार टीकासिंह नेपालीसहितको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

डोटीबाट प्रतिनिधि सभामा समानुपातिक सदस्यका उम्मेदवार टीकासिंह नेपालीको नेतृत्वमा दुई दर्जन नेता तथा कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका हुन ।

एमालेको पार्टी कार्यालय सिलगढीमा आयोजित कार्यक्रममा नेपालीलाई एमाले बैकल्पिक केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका उम्मेदवार प्रेमबहादुर आले मगरले स्वागत गरेका थिए ।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले बर्तमान समयमा राष्ट्रको विकास र सम्बृद्धि लगायतका कार्यभार पुरा गर्न नेतृत्व प्रदान गर्न नसक्ने भएका कारण आफू कम्युनिष्ट पार्टीमा फर्केको नेपालीले बताए । एमाले पृष्ठभूमि भएका नेपाली पुनः एमालेमै प्रबेश गरेका हुन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!