पार्टी एकता नभए राजीनामा : अधिकारी

धादिङ, कात्तिक १८ । क्षेत्र नं २ को प्रदेशसभा (क) का वाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा एमाले र नेकपा ण्माओवादी केन्द्र पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताएका छन ।

सदरमुकाम धादिङबेंसीमा माक्र्सवाद अध्ययन प्रतिष्ठानले शनिबार आयोजना गरेको कम्युनिष्ट एकता र आसन्न निर्वाचनबारे विचारगोष्ठीमा डा अधिकारीले आफू एमाले र माओवादी केन्द्र दुवैको उम्मेदवार भएकाले कहीँ कतैबाट पार्टी एकता नभएमा आफूले जितेर प्रदेशसभा सदस्यबाटै राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने प्रतिबद्धता गरे ।

एमाले पोलिटब्यूरो सदस्य डा गंगालाल तुलाधरले समाजवादको बाटोमा पुग्न वाम गठबन्धनको अपरिहार्यता भएको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कम्युनिष्ट पार्टी एकताले जनतालाई सकारात्मक सन्देश दिएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!