राजपामा टिकट वितरणमा चर्को असन्तुष्टी, उपाध्यक्ष र महासचिवद्वारा पार्टी परित्याग

वीरगञ्ज, कात्तिक १७ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मी र महासचिव शिव पटेलले पार्टी परित्याग गरेका छन्।

शुक्रबार विज्ञप्ती जारी गर्दै उपाध्यक्ष कुर्मी र महासचिव पटेलले स्थानीय तहदेखि, प्रदेशसभा र प्रतिनिधिसभासम्म चुनाबमा टिकट वितरणमा प्रमुख नेताले मनोमानी गरेको आरोप लगाउदै पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनीहरुले राजपाले पार्टीका पुराना र इमानदार नेता, कार्यकर्तालाई टिकट वितरण नगरेर पार्टीलाई जिल्लाबाट समाप्त गर्ने कार्य गरेकोले आफूले नैतिकताको आधारमा राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

नेता कुर्मी र महासचिव पटेलले आफूहरु कुनै पार्टीमा नगई अब स्वतन्त्र रुपमा मधेस र मधेसीको हक अधिकारको लागि काम गर्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्