अर्घाखाँचीबाट टोपबहादुर रायमाझीद्वारा उम्मेदवारी दर्ता

नेकपा माओवादीका प्रभावशाली नेता टोपबहादुर रायमाझीले अर्घाआँचीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट रायमाझी बाम गठबन्धनका साझा उम्मेदवार हुन।

‘यसअघि पनि म अत्यधिक मतले विजयी भएको थिए ।’, उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै रायमाझीले भने, ‘अहिले झन वाम एकताको कुराले नागरिकहरुमा स्थिर सरकार, विकास र सम्बृद्धिका लागि कम्युनिष्टहरुलाई जिताउनु पर्ने गहिरो बोध भएको छ । त्यसैले जित निश्चित छ ।’

त्यसैगरी, प्रदेशसभाका लागि वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेशसभा क बाट चेतनारायण आचार्य र ख बाट रामजीप्रसाद घिमिरेले उम्मेदवारी
दर्ता गराएका छन ।

यसअघि आफूलाई अन्यय भएको भन्दै उम्मेदवारी दिने चेतावनी दिएका माओवादी केन्द्रका सचिवालय सदस्य चन्द्रबहादुर खड्काले पार्टीका आधिकारी उम्मेदवारी रायमाझीलाई सहयोग गर्ने बताएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!