माओवादी प्रवक्ता पम्फा भुसालद्वारा ललितपुर ३ बाट उम्मेदवारी दर्ता

ललितपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी छन ।

बिहीबार दिउँसो वामपन्थी गठबन्धनका उम्मेदवार लगनखेलबाट नै नाराजुलुस गरेर स्टाफकलेज पुगेका थिए ।

ललितपुरबाट वामगठबन्धनतर्फबाट उम्मेदवार बनेका माओवादी नेतृ पम्फा भुसाल र भर्खरै प्रहरीको जागीर छोडेर एमालेमा प्रवेश गरेर टिकट पाउने पूर्वडिआइजी नवराज सिलवालमाथि धेरैको चासो थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!