प्रधानमन्त्री देउवाविरुद्द माओवादीका खगराजले गरे उम्मेदवारी दर्ता

डडेल्धुरा, कात्तिक १६ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य खगराज भट्टले प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सोही क्षेत्रबाट वारिसनामाबाट उम्मेदवारी दर्ता गराएका छन ।

यसअघि संविधानसभाको चुनाबमा झिनो मतान्तरले पराजित भएका भट्ट अहिले वाम गठबन्धनका साझा उम्मेदवार हुन । स्थानीय चुनाबमा कांग्रेसको अवस्था कमजोर सावित भएको छ ।

अहिल एमाले र माओवादी लगायतका वामपन्थी शक्तिको ध्रुवीकरणले देउवालाई निकै चुनौती थपिएको छ । यस अघिका निर्वाचनमा देउवालाई कडा चुनौती दिदैं आएका भट्ट अहिले मजबुत अवस्थामा देखिन्छन ।

राज्यशक्तिको दूरुपयोग नगरेर शान्तिपूर्ण र धाँधलीरहित चुनाब भएमा प्रधानमन्त्री देउवाको यस पटक पराजय निश्चित छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!