यातायात ब्यवस्था सेवा कार्यालय भक्तपुरमा राजश्व ठग्दै वीमा कम्पनीहरु

रामगोपाल तमखु

भक्तपुर, कार्तिक १४ । यातायात ब्यवस्था सेवा कार्यालय भक्तपुर आसपास रहेका वीमा कम्पनीका एजेन्टहरुले तेस्रो पक्षको वीमा रकम असुल्दा भ्याट बिल उपलब्ध नगराएर उभोक्ता ठग्दै आएका छन् ।

उपभोक्ताले तिरेको भ्याटको रकम पश्चात बिल माग्दा समेत उपलब्ध गराउँदैन । नाङलो पसलसरी खुलेका तेस्रो पक्ष वीमाका एजेन्टहरुले राजश्व विभाग अन्तर्गत तेस्रो पक्षको वीमामा आएका उपभोक्तालाई दिनहुँ ठग्दा समेत कसैको ध्यान जान सकेको छैन ।

यातायात व्यवस्था सेवा कार्यालय आसपास खुलेका १३ वीमा कम्पनीहरुले आफ्ना एजेन्ट राखेर सेवा प्रदान गर्दै आएता पनि उपभोक्ताहरुले भ्याटबिल माग्दा कसैले दिन मान्दैनन् । तेस्रो पक्ष वीमा तिर्न आएका सेवाग्रही कतिलाई भ्याट बिल लिनु पर्छ भन्ने समेत जानकारी छैन भने कतिले कामको हतारोले समेत उनीहरुले सेवा प्रदान गर्ने वीमाका ऐजन्टहरुले खोलेका सेवा दिने स्थानमा भ्याट बिल उपलब्ध नगराउने भएपछि नमाग्ने गरेका छन् ।

आन्तरिक राजश्व कार्यालय भक्तपुर शाखाका प्रमुख सूर्य पोखरेलले अनिवार्य रुपमा वीमा कम्पनीहरुले सेवाग्राहीलाई भ्याट बिल उपलब्ध गराउनु पर्ने भएता पनि यस क्षेत्रमा उपलब्ध नगराएको जानकारी पाए पश्चात अनुगमन गरेर त्यस्ता वीमा कम्पनीहरुलाई कारवाही गर्ने बताउनुभयो । नियन्त्रण गर्ने पक्ष आन्तरिक राजश्व कार्यालय भएतापनि यस क्षेत्रका बारे आफ्नो कार्यालयलाई जानकारी नभएकाले तत्काल अनुगमान गरि कारवाहीको दायरामा ल्याउने बताए ।

यता यातायात ब्यवस्था सेवा कार्यालय भक्तपुरका प्रमुख लेखनाथ पोख्ररेलले वीमा कम्पनीका ऐजेन्टहरुले भ्याट बिल अनिवार्यरुपमा उपलब्ध गराउनु पर्ने तर त भ्याट बिल नभएता पनि आफूहरुले तेस्रो पक्ष वीमा गरेको फर्मको आधारमा नविकरण गर्ने गरेको बताए ।

यस्तै वीमा कम्पनीहरु भने आफूहरु ठगी नगरेको तर यहाँ भ्याट विल नभएका कारण भ्याट बिना नै काम गरिरहेको तर्क गर्दै आएका छन् ।

यातायात कार्यालयमा यसरी कर छली र ठगी भईरहदा समेत संम्बन्धित निकाय मौन हुँदा राज्यले पाउनुपर्ने राजश्वमा निरन्तर चुहावट भईरहेको छ । तेस्रो पक्षको वीमा ठगी गरि वीका कम्पनीहरु मालामाल भईरहे पनि यसप्रति सम्बन्धित निकायको ध्यान नजानु आश्चर्यको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्