ट्रक र मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

नवलपरासी, कात्तिक १६ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ ।

कावासोति नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कावासोतीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!