जलवायु परिवर्तनका असर

काठमाडौँ, कात्तिक १६ । दक्षिण एशियाली क्षेत्रमा जलवायु परिर्वतनका असर बढी देखिएकामा चिन्ता व्यक्त गर्दै यससित जुध्न सामूहिक प्रयत्नको खाँचो औँल्याइएको छ ।

प्राकृतिक विपद् (भूकम्प, बाढीपहिरो, आगलागी) ले यस क्षेत्रलाई नराम्ररी गाँज्दै गएको र कृषि उत्पादन समेत घट्दै गएकामा विज्ञहरूले चिन्ता व्यक्त गर्दै सार्क देशमा यस वर्षमात्र बाढी र पहिरोले पाँच हजारभन्दा वढीको मृत्यु तथा हजारौँ विस्थापित भएको जनाएका थिए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित जलवायु परिवर्तनसम्बन्धी युवा सम्मेलनका सहभागीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सार्क कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे ।

सन् २०१० मा भुटानको थिम्पुमा सम्पन्न सार्कको १६ अौँ सम्मेलनले जलवायु परिवर्नतका असरलाई न्यूनीकरण गर्न कार्ययोजनासमेत पारित गरेको थियो । सम्मेलन शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सरकारले कार्ययोजना तयार गरी लागू गरेको जानकारी दिए ।

उनले सार्क क्षेत्रमा प्राकृतिक विपद् बढदै गएको चर्चा गर्दै यससित जुध्न सामूहिक प्रयत्न हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा तथा सार्क चेम्बर अफ कमर्शका अध्यक्ष सुरज वैद्यले सार्क क्षेत्रको कृषि उत्पादकत्व वृद्धि गर्न युवावर्गलाई आकर्षित गर्नुपर्छ भने।

कमेन्ट गर्नुहोस्