विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रद्वारा काठमाडौं १ बाट उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज ४५ जिल्लामा उम्मेदवारको मनोनय पत्र दर्ता शुरु भएको छ ।

देशका विभिन्न निर्वाचन क्षेत्रमा प्राय सबै जसो दलका शीर्ष नेताहरुले आज उम्मेदवार दर्ता गर्दै छन ।

काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले मनोनयपत्र दर्ता गराएका छन ।

मनोनय पत्र दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै मिश्रले भने, ‘सम्बृ मुलक निर्माणका लागि आफ्नो पेसा परिबर्तन गरी राजनीतिमा आएको छु जित निश्चित छ । जनता उत्साहित छन ।’

लामो समय बिबिसी नेपाली सेवामा प्रमुखका रुपमा काम गरेका मिश्र केही समय अघि राजिनामा दिएर राजनीति यात्रा शुरु गरेका हुन ।

कमेन्ट गर्नुहोस्