पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौं, कात्तिक १५ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूल्य बढाएइको छ ।

पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । अब उपभोक्ताले ग्यास प्रतिसिलिन्डरलाई १३ सय ५० रुपैयाँ तिनुपर्ने छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो ।

त्यसैका आधारमा निगमले १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको गोइतले बताए । आज गरिएको मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुनेछ ।

निगमलाई आज बढाएको मूल्यअनुसार पेट्रोलमा लिटरमा ५।५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!