मनाेनयन दर्ताअघि प्रचण्डले चितवनको चुनाबी सभालाई सम्बोधन गर्ने

भरतपुर, कात्तिक १५। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चितवनमा संयुक्त वाम गठबन्धनले चुनावी अभियानलाई तीब्र पारेका छन ।

माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारीको घोषणा गरेपछि हट बनेको चितवनमा भोली पहिलो चुनाबी सभा हुँदै । सभालाई प्रचण्डलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

गठबन्धनले बुधबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्न संयुक्तरुपमा ¥याली निकाल्ने र चुनावी सभा गर्ने कार्यक्रम तय भएको जानकारी गराएको छ । बिहान ११ बजे रिजालचोकबाट संयुक्त ¥याली निकालेर भरतपुरको गेष्टहाउस चौरमा चुनावी सभा गर्ने कार्यक्रम रहेको छ । चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल र नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा आगामी निर्वाचनमा दुबै पार्टीका उम्मेदवारलाई संयुक्त वाम उम्मेदवारका रुपमा विजयी बनाउने निर्णय भएको उल्लेख छ । चितवनका नेतृत्व तहको संयुक्त बैठकले माओवादी केन्द्रका वरिष्ठ नेता अमिक शेरचनको संयोजकत्वमा दुई सय ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

चितवनका नेतृत्व तहको संयुक्त बैठकले ३५ सदस्यीय सचिवालय समिति गठन गर्ने, तीन दिनभित्र क्षेत्र, प्रदेश र वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । क्षेत्र र प्रदेशको संयोजक जुन पार्टीको उम्मेदवार रहन्छन् सोही पार्टीको नेता रहने र उपसंयोजक अर्को पार्टीको नेता रहने विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीबीच एकता गर्ने उद्देश्यले कृष्णप्रसाद खनाल र इश्वरी भट्टराईको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति गठन गरेको छ । समितिको सदस्यमा कृष्णभक्त पोखरेल, तेजेन्द्रबहादुर खड्का, पार्वती रावल, ज्ञानु बस्नेत र घनश्याम दाहाल रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले बिहीबार मनोनयनपूर्व हुने चुनावी सभामा गठबन्धनका सबै उम्मेदवार उपस्थित हुने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!