राजधानीमै गोली चल्यो, तीन भारतीय नागरिक पक्राउ

काठमाडौं, कात्तिक १५ । राजधानीको कमलादीमा गोली चलेपछि तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्वचालित पेस्तोल र ठूलो संख्यामा गोलीसहित उनीहरु पक्राउ परेका हुन ।

भारतीय नागरिकहरुबाट ५१ राउण्ड गोली र ४ वटा म्यागजिन फेला परेको छ। उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको शंका गरिएको छ।

काठमाडौंको कमलादीको हेरिटेज प्लाजा नजिक गोली चले पनि घाइते भने कोही भएका छैनन्। पक्राउ पर्ने भारतीय नागरिकहरुमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिं‌ह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।

कमलादीको एउटा रेस्टुरेन्टमा खाजा खाएपछि बिल तिर्ने विषयमा विवाद हुँदा सुरुमा प्रहरीको मान्छे भनेको र त्यसपछि तर्साउनका लागि पेस्तोल निकालेर गोली चलाई भाग्ने क्रममा उनीहरु पक्राउ परेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!