एमालेका नेताले माओवादीलाई भोट मागेपछि…

जाजरकोट, कात्तिक १५ । जाजरकोटमा एमालेका नेताले माओवादी र माओवादीका नेताले एमालेका उम्मेदवारलाई भोट मागेपछि स्थानीय बासिन्दा खुशी र उत्साहित भएका छ ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई एमालेका पूर्वसंसद रिता रावलले संयुक्त चुनाबी सभालाई सम्बोधन गर्दै मत मागिन र वस्नेतले एमालेका करवीर शाहीलाई मतदान गर्न आग्रह गरे । सो अवसरमा सभामा उपस्थित भएका स्थानीय बासी खुशी र उत्साहित भएको देखिए ।

बुधबार दुवै दलका नेताले दल्लीमा भएको चुनावी सभावाट यसरी भोट हाल्न आग्रह गरिरहदा स्थानीयवासीहरु खुसीले गदगद भएका थिए । नेताहरु मञ्चमा वाम एकताको आवश्यकता र औचित्यमाथि स्पष्ट पार्दै गर्र्दा स्थानीयहरु भने स्थायी सरकार चुनाबपछि स्थानीय सरकार बनेर देश विकास हुनेमा आशावादी हुँदै थिए ।

यसअघिका चुनाबमा एकले अर्कालाई सक्तो सराप दिएर नथाक्ने नेताहरुका एकाएक वखान सुनेपछि स्थानीयहरु खुसी नहुँने कुरै थिएन । एउटै मञ्चवाट यसरी खुसी हुँदै गरिएको आग्रह साँच्चै वास्तविक लाग्थ्यो ।

नेताहरुले भाषण गरिरहँदा उनीहरु साँच्चैै गम्भीर र भावुक देखिएका थिए । नेताहरुले दुईवटा पार्टी मिलेकाले अहिले आफ्नो भोट दोव्वर भएको दावी गर्दै जित सुनिश्चित भएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!