गर्भावस्थामा व्यायाम गर्न मिल्छ ?

काठमाडौं । गर्भावस्थामा व्यायाम गर्न मिल्छ तर कस्तो व्यायाम ? यस्तो अवस्थामा पेटमा धेरै भार पर्ने, भारी बोक्ने र धेरै शक्ति खर्चिने व्यायाम गर्न मिल्दैन ।

गर्भवती महिलाहरूले हल्का खालका व्यायामहरू जस्तै— मर्निङ वाक, घरका सामान्य काम, करेसाबारीको काम गर्दा फाइदाजनक हुन्छ ।

गर्भवती महिलाहरूले चौबीसै घण्टा आराम मात्र गर्नु हुँदैन । यद्यपि कुनै जोखिममा रहेका गर्भवतीहरूले कुनै पनि व्यायाम गर्न नमिल्ने हुन सक्छ ।

विशेषगरी पहिलो तीन महिना र अन्तिमको तीन महिना बढी जोखिम हुने भएकाले उक्त समयमा बढी आराम गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्