स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतियोगिता सुरु

स्याङ्जा, कात्तिक १५ । स्याङजाको सोरेकमा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता र राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।

बुधबारदेखि स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक २० गतेसम्म चल्ने छ ।

बाबु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ प्रतियोगितालाई आधिकारिकता दिँदै राष्ट्रिय खेलकुद परिषदले सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि हवाई खेलाडी छनौट गर्ने जनाएको छ । जसमा नेपाली खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा नेपाललगायत २० देशका तीन सयभन्दा बढी प्यारापाईलटहरुको सहभागिता रहने क्लवले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!