अबदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयलाई दिने निर्णय

भक्तपुर,कार्तिक १५ । आगामी २०७५ वर्षको शैक्षिक सत्रदेखि कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ ।

सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्ने छ । कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ ।

हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने– ‘अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ ।’

उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!