रियाल, दिर्हाम र रिंगिट कमजोर

कोरियन वनको मूल्य बढ्यो

काठमाडौं, कात्तिक १५ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५५ पैसा र विक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र विक्रिदर २८ रुपैयाँ ५३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४१ पैसा र विक्रिदर २४ रुपैयाँ ५५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २३ पैसा र विक्रिदर ९ रुपैयाँ २९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ९० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!