दरबारमार्गका फरार व्यापारी पक्राउ

काठमाडौं, कात्तिक १५ । जुत्ता, घडी, लत्ताकपडा लगायतका सामानमा कालोबजारी गरी ग्राहक ठगी गर्ने दरबारमार्गका फरार व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् ।

उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनीहरुलाई काठमाडौं परिसरमा राखिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!