छायाँकार दिनेश युरोपमै लुकेपछि…..

कार्तिक १५ । नेपाली चलचित्र ‘होलिडे’ का छायाँकार दिनेशकुमार राई नेपाल फर्कनुपर्ने समयमा यूरोपमा नै लुकेपछि यसको निर्माण यूनिट तनावमा परेको छ।

चलचित्रका छायांकार राई छायांकन सकेपछि यूरोपमै लुकेका छन्। उनी, लुकेपछि अहिले यसको निर्माण यूनिटले प्रहरीमा उजुरी समेत दिएको छ ।

बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रको छायांकन वेल्जियमका विभिन्न स्थानमा करिब १ महिना लगाएर सकिएको छ। तर, चलचित्रका दिनेश कुमार राई भने छायांकन सकिएपछि यूरोपमै लुकेका छन् । शनिबार चकलेटी लिन जान्छु भन्दै निस्किएका उनी त्यसपछि नफर्किएको यसका निर्देशक निरौलाले जानकारी दिएका छन् । उनी पोल्याण्ड पुगेको आशंका यसको निर्माण यूनिटले गरेको छ ।

चलचित्रमा गौरव पहारि, वुद्धि तामाङ र पवित्रा आचार्यको मुख्य भूमिका छ । चलचित्रका मुख्य कलाकारहरु छायांकन सकेर नेपाल फर्किसकेका छन् । दिनेशलाई सम्पर्कमा आउन निर्माण यूनिटले आग्रह गरेको छ ।

दिनेशले आफ्नो लगेजबाट पासपोर्ट र आफ्नो डकुमेन्ट मात्र लिएर हिडेको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!