च्याम्पियन्स लिगः वार्सिलोना बराबरीमा खेलमा रोकियो

कार्तिक १५ । च्याम्पियन्स लिगअन्तर्गत गएराती भएको समूह ‘डी’ का दुवै खेल बराबरीमा रोकिएका छन् । स्पानिस क्लब वार्सिलोना ग्रीक क्लब ओलम्पियाकोससंग गोलरहित बराबरीमा रोकियो भने इटालियन क्लब युभेन्ट्स पोर्चुगिज क्लब स्पोर्टिङ संग १–१ गोलको बराबरीमा रोकिएको हो।

बराबरीमा रोकिएपछि बार्सिलोनाले दुई खेल खगावै नकआउट चरणमा स्थान बनाउने मौका गुमाएको छ।

यता पहिलो हाफमा १ गोलले पछि परेको युभेन्ट्सका लागि गोन्जालो हिग्वेनले दोस्रो हाफमा बराबरी गो फर्काएका हुन्।

ब्रुनो सेजारले गोल गर्दै स्पोर्टिङलाई पहिले अग्रता दिलांएका थिए।

दुवै खेल बराबरी पछि ४ खेलबाट १० अंक जोडेको बार्सिलोना समूह डी को शीर्ष स्थानमा छ। यस्तै ७ अंक जोडेको युभेन्टस दोस्रो तथा स्पोर्टिङ ४ अंकका साथ तेस्रो स्थानमा छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!