आफ्नो गोप्य कुरा थाहा पाउनुहोस्

कार्तिक १५ । दैनिकजसो मानिसहरु आफ्नो काम सुरु गर्नुअघि आफू भूत, वर्तमान र भविष्य जान्न सधैँ कौतुहल रहेका हुन्छन् । त्यसैले तपाईंहरु पनि आफ्ना भूत, वर्तमान र भविष्य जान्न इच्छुक हुनुहुन्छ भने तलका कुरा दिएका राशी पढ्न सक्नुहुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामाजिक दायित्व बढ्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धेरैले तपाइैंको कामको तारिफ गर्नेछन । साथीभाईको सहयोगमा महत्वपूर्ण काम सफलता मिल्नेछ । प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

काममा सफलता पाउन धेरै मेहनत गर्नुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खदा राम्रो हुनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमको बन्धन कसिनेछ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा चुनौतिको सामना गर्नुपर्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा बिजयी हुनेछ । बिनाकारण विवाद बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लगनशीलताले काममा सफलता मिल्नेछ । सोचेको काम बिस्तारै भए पनि सफल हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक काममा रुची बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य कमजोर रहनाले काम गर्ने जाँगरमा कमी आउनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट राम्रो आम्दानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापार व्यवसायमा लाभ मिल्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने छ । परिवारको साथले उत्साहित भइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

कामको चापबाट फुर्सद मिल्ने छ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्नेछ । साझेदारी काममा झमेला आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सेवामूलक कामबाट धनलाभ हुनेछ । सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!