एकाएक किन नेपाल आउँदैछन् एसियाली फुटबल महासंघका अध्यक्ष

एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा नेपाल भ्रमणमा आउने भएपछि यसले नयाँ चासो जन्माएको छ ।

संयोग के छ भने ख़ालिफ़ा असोज अन्तिम साता नेपाल भ्रमणमा आऊने भएका छन् ।

अखिल नेपाल फुटवल संघ एन्फाको विशेष साधारण सभा असोज २३ गते काठमाडौंमा हुँदैछ । त्यसको भोलीपल्ट उनी नेपाल आऊने कार्यक्रम छ ।

सन् २०१३ मा एएफसीको विशेष साधारण सभाबाट अध्यक्षमा निर्वाचित अल खालिफाको यो पहिलो नेपाल भ्रमण हो । उनी दुई दिने भ्रणमका लागि काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत एवम् प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए ।

उनी असोज २५ मा फर्कने कार्यक्रम छ । साधारणसभाका लागि अर्कै प्रतिनिधि खटाएको एएफसीका अध्यक्ष स्वयं नै एन्फाको साधारणसभा पारेर काठमाडौं आउनुको खास अर्थ रहेको फुटवल जानकारहरु बताउँछन् । उनको भ्रमणबाट नेपालको फूटबलको बिकासमा केही फ़रक़ पर्न सक्ने आंकलन समेत गरिएको छ ।

तर, उनको भ्रमणमा के कस्ता विषयमा छलफल हुन्छ भन्नेबारे प्रवक्ता तुलाधरले अनभिज्ञता प्रकट गरे ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!