सुनको व्यापार ३० प्रतिशतले बढ्दा, चाँदी ५० ले घट्योे

काठमाडौं, असोज १४। नेपालीहरुको महान चाडपर्वहरु दशैं, तिहार, छठ लगायतमा नेपालीहरुले आफ्नो गच्छेअनुसार गरगहना किन गर्छन । यस्ता अवसरमा सुनचाँदीका व्यापार बढ्ने गर्छ ।

यसवर्षको चाडपर्वमा सुनको व्यापारमा अघिल्लो वर्षको तुलनामा एक तिहाईले वृद्धि आएपनि चाँदीको व्यापारमा भने ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा सुनको कारोबारमा ३० प्रतिशतसम्म वृद्धि आएको व्यवसायीले बताए । तर गत वर्षको तुलनामा यस वर्षको दसैंमा चाँदीको व्यापारमा ५० प्रतिशतसम्म गिरावट आएको व्यवसायीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!