सेनाद्वारा उपत्यकामा आज निःशुल्क बस सेवा, यस्ता छन बस चल्ने रुट

काठमाडौं, असोज १४ । नेपाली सेनाले सर्वसाधारणको सुविधाका लागि टीकाको दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

आज बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा सञ्चालन भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्ता छन बस चल्ने रुट
पहिलो रुट : भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्कमा बस सञ्चालन गर्नेछ ।

दोस्रो रुट : भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघरसम्म बस चल्नेछ ।

तेस्रो रुट : भद्रकालीबाट छुटेको बस माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथलीसम्म पुग्नेछ ।

चौथो रुट : भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली फर्कनेछन् ।

पाँचौ रुट : भद्रकालीबाट थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेटसम्म फर्कनेछन् ।

छैठौं रुट : भद्रकालीबाट दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली फर्कनेछन् ।

सातौं रुट : भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्य्िवनायक, ठिमी, कोटेश्वर, माइतीघर हुँदै भद्रकाली फर्कने छन ।

आठौं रुट : भद्रकालीबाट छुटेर माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने हुँदै भद्रकाली फर्कनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!