प्रचण्डको अाज: दिनभरी घरमा बस्ने, खसी काट्ने खाने र खुवाउने

काठमाडौं, असोज १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि झैं यस वर्ष पनि दशैंको टीका लगाउने छैन । पार्टीले जनयुद्ध शुरु गरेदेखि अहिलेसम्म अध्यक्ष प्रचण्डले दशैंका टीका लगाएका छैनन । त्यस अघि प्रचण्डले बाबुआमासँग दशैंका टीका लगाएर आर्शिवाद थाप्थे । ५२ साल यता प्रचण्डले औपचारिक रुपमा दशैं मनाएका छैनन ।

त्यसैले आज टीकाको दिन उनी लाजिम्पाटस्थित निवासमा परिवारका सदस्य र आफन्तसँग बसेर खानपिन गरेर दशैं मनाउँदैछन् । लाजिम्पाट स्रोतका अनुसार खसी काटेर मासुका परिकार खाने र खुवाउने योजना छ।

त्यसकाे साथै अध्यक्ष प्रचण्डलाई यस वर्षको दशैमा भ्याइनभ्याई छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौटको चटारो पनि छ उनलाई ।

आगामी चुनाबबाट पार्टीलाई पहिलो बनाउने योजनामा रहेका अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावका लागि उपयुक्त उम्मेदवार छनौट गरी टिकटको वितरण गर्नेमा दशैंको फुर्सदलाई उपयोग गर्ने बताइएको छ ।

त्यसैगरी समय मिलाएर पार्टीका नेता, कार्यकर्ता तथा आफन्तसँग भेटघाट गर्ने पनि उनको योजना रहेको छ । दशैंका लागि भनेर कुनै विशेष कार्यक्रम नभएकाले सम्पूर्ण समय आगामी चुनाब र भावी राजनीतिक रणनीतिका लागि खर्चिने अध्यक्ष प्रचण्डको योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!