भारतीय राष्ट्रपतिद्वारा चार राज्यपाल नियुक्त

नयाँदिल्ली, असोज १४ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले चार राज्यपाल र एक जना उपराज्यपाल नियुक्ति गरेका छन ।

राष्ट्रपति कोविन्दले मोदी सरकारको सिफारिसमा सत्यपाल मलिकलाई विहार, प्रोफेसर जगदीश मुखीलाई आसम, बनजारीलाई पुरोहितलाई तमिलनाडु र डीवी मिश्रालाई केन्दूप्रशासित अरुणाचलको राज्यपालमा नियुक्त गरेका हुन ।

त्यसैगरी, राष्ट्रपति कोविन्दले अरुणाचलको उपराज्यपालमा देवेन्द्रकुमार जोशीलाई नियुक्त गरेको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!