वीरेन्द्रनगर कप क्रिकेट १९ असोजदेखि

काठमाडौं, असोज १४ । सातौं पूर्वाञ्चलस्तरीय वीरेन्द्रनगर कप क्रिकेट असोज १९ देखि शुरु हुने भएको छ ।

असोज ३१ सम्म चल्ने प्रतियोगितामा पूर्वाञ्चलका २० टोलीले भाग लिने आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबले जनाएको छ ।

विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डर पनि पुरस्कृत हुनेछन् ।

प्रतियोगिता आयोजना गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!