अचम्म- दारी पाल्दा कर दिनु पर्ने नियम

इतिहासका पानाहरूमा अचम्म लाग्ने कुराहरूले भरिएका छन । दारी पाल्नेहरूले कुनै बेला कर दिनु पर्ने अवस्था थियो । अहिले त यो सुन्दा नि अचम्म लागॉछ ।

दारीमाथि सबै भंदा पहिला बेलायतका राजा हेनरीले कर लगाएका थिए । सन १५३५ मा हेनरी आठौले लगाएको करबाट उनले निक़ै राजस्व जमा गरे । तर पछि यो हटाइयो ।

केही समयपछि उनकी छोरी एलिजावेथ-१ ले फेरी यो कर सुरु गरिन । दुइ हप्ताभंदा बढ़ी समयदारी पाले कर तिरनुपर्ने नियम बनाईयो ।

पछि गएर रूसमा यस्तै नियम लगाइएको थियो ।

रूसका शासक पीटर द ग्रेट ले सन १७०५ मा बियर्ड ट्याक्स लगाएका थिए । यसरी दारी पाल्न लाइ पनि ट्याक्स लगाउनुको उद्देश्य भने रूसी समाजलाइ यूरोपियन मोडलको रूपमा आधुनिक बनाउनु थियो ।

जो व्यक्तिले दारी पाल्न चाहन्थ्यो, उसले सरकारले लगाएको बियर्ड ट्याक्स (दारी पाल्दा लगाइने कर) दिनु पर्दथ्यो । यस ट्याक्सका लागी बिशेष किसिमको टोकन लिनु पर्दथ्यो । टोकनको मुल्य फरक-फरक पेसाका मानिसहरूमा फरक किसिमको लगाइएको थियो ।

धनी व्यक्तिहरू तथा अधिकारिहरूले ६० रूबल ट्याक्स तिर्नुपर्दथ्यो भने, शीर्ष व्यापारिहरूले १०० रूबल ट्याक्स सरकारलाइ तिर्नु पर्ने कडा नियम बनाइएको थियो । साथै दारी राखेर शहरबाट हिडने व्यक्तिले एक कोपेक दिनु पर्दथ्यो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!