काठमाडौका मेयर गाडी र मोबाइल विवादमा फेसेका बेला, बीरगञ्जका सरावगीद्वारा सरकारी सुविधा नलिने घोषणा

बीरगञ्ज, असोज १३ । वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित प्रमुख विजय सरावगीले गाडी र तलब सुविधा नलिने घोषणा गरेका छन्।

२ नम्बर प्रदेशको एक मात्रै महानगरपालिका बीरगञ्जका प्रमुख सरावगीले बीरगञ्जकाका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि काम गर्ने, महानगरका गृहिणीहरूलाई रोजगारी दिने, अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गर्ने लगायतका घोषणा पनि गरेका छन्।

महानगर प्रमुख सरावगीले गरेका घोषणाहरू
१. अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन।
२. वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरूमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठनसहित गुणस्तरीय शिक्षा।
३. वीरगन्जका गृहणीहरूलाई घरमै रोजगारी।
४. नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया सञ्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रूपमा स्तरोन्नति।
५. योगलाई प्रोत्साहन गर्न हरेक वडामा योगा केन्द्र स्थापना।
६. वीरगन्ज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाई सरकारी कामकाजको भाषाका रूपमा सामेल गर्ने।
७. वीरगन्ज महानगरमा बेरोजगारीको समस्या हटाउने।
८. वीरगन्ज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरू, ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनताकै हातमा ल्याउने।
९. वीरगन्जमा वीरगन्ज विश्वविद्यालय स्थापना।
१०. वीरगन्ज महानगरलाई लोडसेडिङमुक्त बनाउने।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!