राष्ट्रपतिद्वारा ४५६ कैदीको सजाय माफ

काठमाडौं, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपपालीहरुको महान चाड बडादशैंको अवसरमा ४ सय ५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् ।

कारागारमा रहदा असल आचरण देखाएका ४५६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संविधानको धारा २७६ अनुसार सजायँ माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!