२ करोड बढीको मुटु रोगबाट मृत्यु

काठमाडौं, असोज १३ । आज विश्व मुटु दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैं छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बार्षिक दुई करोड भन्दा बढी मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ ।

मुटुजन्य रोगलाई संसारकै मृत्युको प्रमुख कारण मानिन्छ । बदलिदो जीवनशैली तथा मधुमेह, अत्यधिक मोटोपन, शारीरिक निस्क्रियता तथा अत्यधिक मादक पदार्थको सेवनका कारण मुटुसम्बन्धी समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!