दक्षिण कोरियाले नेपालका छवटा नगरलाई स्माट सिटी बनाउने

नवलपरासी, असोज १३ । दक्षिण कोरिया सरकारले नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौंसहित दुईवटा महानगर र चारवटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।

दक्षिण कोरियाले काठमाडौं र पोखरा महानगर, नवलपरासीको रामग्राम, धादिङ्गकोे निलकण्ड, धुलिखेल र भक्तपुर नगरपालिकालाई यस्तो सहयोग गर्ने भएको हो । नवलपरासीको रामग्राममा नगरपालिकामा पत्रकार सम्मेलनमा नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले छवटा स्थानीय तहको दिगो विकास गर्ने उदेश्य अनुरुप दक्षिण कोरियाले आर्थिक सहयोग गर्न लागेको जानकारी दिए ।

स्थानीय तहलाई चौतर्फी रुपमा स्माट सिटीको रुपमा बिकास गर्न विविध प्रकारले आर्थिक लगानी मार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख गुप्ताले मुख्य बजार क्षेत्रलाई स्माट सिटीका रुपमा सडक व्यवस्थापन देखि पर्यटकीय क्षेत्रको विकाससम्म दक्षिण कोरीया सहयोग गर्न तत्परता देखाएको जानकारी दिए । त्यसका लागि आवश्यक पर्नेे प्राविधिक सहयोग पनि कोरियाले गर्न छ ।

दक्षिण कोरियाको राजधानी सोलमा एकसाता अघि सम्पन्न २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेय¥र्स फोरम कार्यक्रममा सो घोषणा भएका थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!