जन्मीनु भन्दा तीन वर्ष अघिदेखि फिल्ममा अभिनय गरेकाे महानायक हमालको दावी

गुल्मी, असोज १२ । गुल्मीको एक कार्यक्रममामा आएका महानायक राजेश हमालले आफू जन्मीनु भन्दा तीन वर्ष अघिदेखि नै चलचित्रमा अभिनय गरेको दावी गरेका छन् ।

उनले गुल्मीको धुर्कोट बडा दशै महोत्सवलाई सम्वोधन गर्दै गम्भीर मुद्रमा भने–‘ खास त मेरा उमेर २५ वर्ष पनि नाघेको छैन तर म फिल्ममा खेल्न थालेको २८ वर्ष पुग्यो । ’ ठट्यौली पारामा धुर्कोट गाउँपालिकामा आयोजितत धुर्कोट बढा दशै मेला २०७४ को भव्य समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसपालीको बढा दशैमा धुर्कोटमा उपस्थित भएका हमालले गम्भीर मुद्रामा आफ्नो उमेर २५ वर्षको तर फिल्म खेल्न थालेको २८ वर्ष बताउनुले उनले अहिलेको नयाँ पिढीलाई ब्याङ्ग गरेको हुन सक्ने दर्शकहरुको ठम्याई थियो ।

गुल्मीको धुर्कोट गाउँपालिकोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकको कालापोखरा खेल मैदानमा भएको मेलामा धुर्कोटवासीसंग रमाइलो गरी दशैं मनाउन पाएकोमा आफुले ठुलो अवसरका रुपमा लिएको बताए ।

धुर्कोटमा पहिलो भए पनि गुल्मीमा चौथो पटक आई पुगेका हमाल प्रति युवा वर्गले गरेको हुटिङले उनप्रति युवावर्गाको क्रेज झन बढ्दो छ भन्ने बुझ्न सकिन्थ्यो । सदरमुकाम नजिकै भँगेरीमा सुख्खा पहिरोले हिजोदेखि सडक अवरुद्ध भएका कारण गाडी त्यही रोकेर आधा घण्टाको उकालो हिडेर करिव ४ वजे कार्यक्रममा पुगेका हमालले साँझपख धमका नै मच्चाए ।

दर्शक दिर्घबाट उनी आफैले बोलाएकी एउटी १५ वर्षे किशोरीको बारुली कम्मरसंग निकै झुमेका नायक हमालसंग नाच्न पाकी महिलाहरु समेत स्टेच मै पुगेका थिए । गुल्मी आउँदै छन् भन्ने खबर पाएपछि सदरमुकाम तम्घासदेखि धुर्कोटसम्म बाटोमा उनलाई हेर्नेहरुको ठाउँ ठाउँमा भिड थियो ।

कार्यक्रममा त गायक सौगात सागर । गायिका सपना गाह, बैकुण्ठ महत लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा सहयोगदाता र विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावलाई प्रमुख अतिथी धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र विशिष्ट अतिथी महानायक राजेश हमालले सम्मान गरेका थिए ।

कार्यक्रममा धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्री, सवै वडा प्रमुख र विभिन्न क्षेत्रका समाज सेवीहरुको सहभागीता रहेको थियो । ‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले मेला आयोजना गरेको थियो भने कार्यक्रमको सञ्चारकर्मी मदन खनालले गरेका थिए ।

कार्यक्रम निर्देशक मदन खनालको अध्यक्षता रहेको कार्यक्रममा गायक तथा चर्चित उद्घोषक लक्ष्मण खड्काको सञ्चालन रहेको थियो । मेला तिन देखि सञ्चालन भई आज समापन भएको छ ।

मेलामा राजिस्थानबाट ल्याईएको उड प्रदर्शन, एशियाकै होची महिला मञ्जु घिमिरे , विभिन्न प्रकारका पिङ , प्यापारिक स्टल राखिएको थियो । मेलाले ऐतिहाँसिक धुर्कोटलाई चिनाउने आयोजकले अपेक्षा राखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!