विप्लब माओवादीका नेता कोइरालालाई पक्राउ

चितवन, असोज १३ । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सुशिल कोइरालालाई प्रहरीले गिरफ्तार गरेको छ ।

दशैंको लागि किनमेल गर्न भरतपुर बजारमा हिडिरहेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले कोइरालालाई गिरफ्तार गरेको नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीले जानकारी दिएका छन ।

विना कारण कोइरालालाई पक्राउ गरिएकोमा सरकारी रबैयाको विरोध गर्दै तत्काल रिहा गर्न इन्चार्ज बिसीले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!